नियम
उजुरीको जाँचबुृझ र खारेजी
(१) नियम ८ बमोजिमको उजुरी दर्ता भएपछि अदालतले त्यस सम्बन्धमा देहायका कुराहरूको जाँचबुझ गर्नेछः–
(क) वादीको दावी वा निजले प्रतिवादी उपर लगाउन खोजेको अभियोग कानुनमा आधारित छ वा छैन,
(ख) वादीले प्रस्तुत गरेको वा गर्न चाहेका प्रमाणहरू मुद्दामा सरोकारका छन् वा छैनन् र ती प्रमाणहरू उजुरीमा उल्लेख
गरेको कुराहरू प्रमाणित गर्न पर्याप्त छन वा छैनन् ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा अदालतले उजुरी नै लाग्न नसक्ने वा विश्वसनीय वा पर्याप्त प्रमाण नभएकोले उजुरीमा उल्लेख भएका कुराहरू प्रमाणित हुन नसक्ने देखेमा त्यसको कारण खोली उजुरी खारेज गर्न सक्नेछ र त्यसरी उजुरी खारेज नगरेमा त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ । श्रम कार्यालय मार्फत प्राप्त हुन आएको उजुरी खारेज गरेकोमा सोही श्रम कार्यालय मार्फत नै सो कुराको जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ । उक्त जानकारी सम्बन्धी सूचना सम्बन्धित व्यक्तिलाई तामेल हुन नसकेमा सोही व्यहोरा जनाई त्यसरी उजुरी खारेज भएको व्यहोराको सूचना सम्बन्धित श्रम कार्यालयले आफ्नो सूचना पाटीमा टाँस गरेमा सम्बन्धित व्यक्तिले त्यस्तो सूचना प्राप्त गरेको मानिनेछ ।